समाचार

आजको मौसम : केही ठाँउमा मेघगर्जन सहित वर्षा हुने



काठमाडौँ, १३ वैशाख । आज शुक्रबारको मौसम मुलुकका विभिन्न ठाँउमा पानी पर्नै सम्भावना रहेको छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार आज पूर्वी क्षेत्रका भू–भागहरुमा तथा मध्य र पश्चिमका पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

पूर्वी क्षेत्रका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । त्यस्तै रातिको मौसम मुलुकको पहाडी भू–भागमा आंशिक बदली र बांकी भु–भागमा सामान्यतया सफा रहनेछ ।