चीन, १३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा बिहीबार सान्सी प्रान्तबाट राजधानी बेइजिङ आइपुग्नुभएको छ ।
उहाँलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ पराष्ट्र मन्त्रालयका उपमन्त्री कोङ सुयानयु तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङ्ची र बेइजिङस्थित नेपाली राजदूतावासका कर्मचारीले स्वागत गर्नुभयो ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल’ कोअपरेशन (अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च)मा सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सियानस्थित माटोबाट बनेको सेनाको सङ्ग्रहालय ‘टेराकोटा वारियर्स म्युजियम’ अवलोकन गर्नुभएको छ । यो सङ्ग्रहालयमा दुई हजार वर्षभन्दा पुराना माटाका मूर्ति छन् ।










प्रतिक्रिया दिनुहोस्