एजेन्सी, १३ वैशाख । सिरियाली शहर राकामा अमेरिकी सैन्य नेतृत्वमा सन् २०१७ मा भएको हवाई तथा स्थल कारबाहीमा चार महिनाको अवधिमा एक हजार ६०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ ।
एम्नेष्टी इन्टरनेशनल र एअरवार्स नामक मानव अधिकार तथा युद्ध अपराध अनुगमनकारी संगठनले हालैका केही महिनामा तयार पारेको रिपोर्टमा उनीहरूले युद्धमा मर्ने सर्वसाधारणको सङ्ख्या धेरै देखिएको बताउँदै गठबन्धनका उच्च सदस्यहरूलाई थप पारदर्शीता र विश्वशनीयता देखाउन आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्गठनहरूले बिहीबार जारी गरेको प्रतिवेदनमा जनाइएको छ । कारबाहीमध्ये कैयौँ हवाई आक्रमण गलत निशानामा परेका भेटिएका छन् ।a










प्रतिक्रिया दिनुहोस्