राजनीति

इन्जिनियरद्वारा पेशागत मर्यादा र छविमा चोट पुग्ने कुनै पनि गतिविधि नगर्न पिनको आग्रह



काठमाडौँ, १४ वैशाख । प्रोग्रेसिभ इन्जिजियरिङ्ग एशोसिएसन नेपाल (पिन)ले पुनःनिर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरुको व्यवहारका कारण पेशागत मर्यादा र छविमा गम्भीर चोट पुग्ने प्रकारका कुनै पनि गतिविधि नगर्न आग्रह गरको छ ।

पिनले आए एक विज्ञप्ती जारी गर्दै उक्त प्राधिकरणका इन्जिनियरहरुको माग मन्त्री परिषद् बाट सम्बोधन भइसकेकाले आफ्नो जिम्मेवारी कुशलतापूर्वक बहन गर्न आग्रह गरेको छ ।

पिनका नेता ई. सञ्जिव रोक्काले सरकारले पुनःनिर्माणका सवालमा गरेको कामबाट आत्तीएर प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको ग्राण्ड डिजाइनमा राजिनामाका धम्की दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तोकेका मापदण्ड अनुरुप सेवा सुविधा दिइरहेको अवस्थामा इन्जिनियरहरुले आफ्नो कार्यक्षेत्रमा नगई आन्दोलन गरी दुःखमा परेका जनताको घाउलाई अझ बल्झाउने कार्य गर्नु निन्तदनीय रहेको छ । संबेदनशिलतालाई नबुझी मिडियावाजी गर्नु दुःखद् मात्र नभई पिडित जनताको भाग्य र भविष्य माथि खेलवाड भइरको छ । यसलाई अन्त्य गर्न सरकारले दिएको समयसिमामा आफ्नो जिम्मेवारी पुरा नगरे नयाँ भर्ना प्रकृया तत्काल गरी भुकम्पबाट क्षतीग्रस्त भएका ठाउँहरुमा पुनःनिर्माणका कार्यहरु तिव्र गतिमा अघि बढाउनुभपर्छ ।’