रौतहट, १५ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार देशको समृद्धिको नभई काण्डै काण्डको भएकाले हरेक क्षेत्रमा विफल भएको बताउनु भएको छ ।
नेपाली कांग्रेसद्धारा रौतहटको राजपुर नगरपालिकामा शनिबार आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सरकार बालुवाटारकाण्ड, खुलामञ्चकाण्ड, सुनकाण्ड, निर्मलाकाण्ड, वाइड बडी काण्ड लगायत काण्डै काण्डको आरोप लागेका ओली सरकार हरेक क्षत्रमा विफल भएर नेपाली जनताको नजरबाट खसिसकेको बताउनु भएको हो ।
सरकारमा भ्रष्टाचारी, बलात्कारीलाई संरक्षण दिइ देशलाई भ्रष्टाचार एवं काण्डै काण्डको देश बनाएको आरोप लगाउनुभयो । उहँँले नेकपाको सरकारको कारण मुलुकमा अहिले अराजकता फैलिएको, हत्या, बलात्कार, ब्रम्हलुट मच्चिएको अभिव्यक्ति दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्