राजनीति

कांग्रेसमा आलोचना गर्न बन्देज



काठमाडौँ, १६ वैशाख । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसको अनुशासन आयोगले राष्ट्रिय जागरण अभियानका क्रममा पार्टी नेतृत्वको आलोचना गर्न ‘बन्देज’ लगाएको छ ।

आइतबार अनुशासन समितिले अभियानका क्रममा पार्टी हित विपरित काम कारवाही एवं अभिव्यक्ति दिएमा अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । अनुशासन समितिका सभापति भीष्मराज आङदाम्बेले भन्नुभयो, ‘जागरण अभियान पार्टीलाई मजबुत बनाउन हो । त्यसमा फेरि आरोप प्रत्यारोपको अवस्था देखा नपरोस् भनेर यो निर्णय गरिएको हो । आलोचना गर्न पाइन्छ तर, विहानदेखि बेलुकासम्म गाली गरेर बस्नु त भएन नि ।’

कांग्रेसले वैशाख २५ बाट शुरु हुने अभियानमा अनुगमन गर्ने जिम्मा नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघलाई दिएको छ ।