एजेन्सी, १६ बैशाख । सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकाको सरकारले अनुहार ढाक्ने सबै कपडामाथि प्रतिबन्ध लगाएको छ ।
गएको २१ अप्रिलमा आतंकवादी समूहले गराएको ‘इस्टर’ को दिन भएको सिलसिलाबद्ध आत्मघाती हमलामा दुई सय ५० भन्दा बढीको मृत्यु भएको थियो ।
राष्ट्रपति मैत्रिपाला सिरिसेनाले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै आजबाट यस्तो आपतकालीन कमद उठाएको जनाएको छ ।
पहिचानका लागि कुनै पनि व्यक्तिले आफ्नो पूरै अनुहार देखाउनै पर्ने कुरा आदेशमा भनिएको छ । ‘इस्टर’ को दिन भएको आत्मघाती हमलापछि श्रीलंका सरकारले यस्ता कयौं किसिमका कदम उठाएको छ ।
प्रतिक्रिया दिनुहोस्