काठमाडौं, १६ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारालाई व्यवहारमा अनुवाद हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ ।
सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको पार्टी सचिवालय बैठकले ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारालाई व्यवहारमा अनुवाद गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको हो ।
बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै नीति तथा कार्यक्रम ल्याउँदा मुलुकमा भएको युगान्तकारी राजनीतिक परिवर्तनलाई व्यवहारमा अनुवाद गर्ने गरी ल्याउन सरकारलाई सुझाव दिइएको बताए ।
आगामी २० वैशाख शुक्रबार नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने सरकारको तयारी रहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्