समाचार

लागुऔषधसहित दुई जना पक्राउ



सिरहा, १७ बैशाख । सिरहामा लागुऔषध ६५८ एम्पुलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले लहान–२३ गाढास्थित आँप बगैँचा नजिकबाट दक्षिणतिरबाट आउँदै गरेको मोटरसाइकल रोकेर चेकजाँच गर्दा २६ वर्षीय प्रवीणकुमार यादव र २९ वर्षीय अर्जुनकुमार महतोलाई लागु‍औषधसहित पक्राउ गरेको हो ।

यादवले चलाएको स७प९३९१ नम्मरको मोटरसाइकलको पछाडि बसेका महतोले बोकेको पाँच लिटर क्षमताको प्लाष्टिकको ग्यालिनभित्र लुकाएको ६५८ एम्पुल लागु‍औषधबरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।