समाचार

गैँडाको आक्रमणबाट एकको मृत्यु



चितवन, १७ बैशाख । भरतपुर महानगरपालिका–२८ भङ्गाहमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ ।

सोमबार राति ९ बजे माछा मारी घर फर्कने क्रममा स्थानीय निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतोलाई गैँडाले आक्रमण गर्दा घाइते भएका उनको उपचारका क्रममा आज बिहान ३ः३० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।