काठमाडौँ, १७ वैशाख । नेपाली कांग्रेस विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका मेयर नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
कांग्रेससँग एकतागरेपछि असन्तुष्ट रौतहटको ईशनाथ नगरपालिकाका मेयर सन्तोषकुमार मेहता नेकपामा प्रवेश गरेका हुन । मेयर मेहतालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विहान काठमाडौँमा पार्टी प्रवेश गराएका छन।
मेयर मेहताले नेकपालाई आफुले रोजेको उल्लेख गर्दै उनले सरकारको राष्ट्रिय समृद्धिको यात्रामा नगरपालिका र आफुले सक्दो प्रयास गर्ने बताएका छन ।
कार्यक्रममा राजपाबाट रौतहट क्षेत्र नं. ३ का उम्मेद्धार ओमप्रकाश जयसवाल पनि नेकपा प्रवेश गरेका छन ।










प्रतिक्रिया दिनुहोस्