काठमाडौँ, १७ वैशाख । श्रम समझदारीको मस्यौदा टुंग्याउन ओमानको टोली नेपाल आउँने भएका छन ।
छलफल गर्न ओमानका श्रम तथा मानव संशाधन अधिकारीहरु बुधबार नेपाल आईपुग्दै छन । उक्त टोलीसँग काठमाडौँमा दुई दिनसम्म वार्ता हुने भएको छ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका अनुसार यसै चरणको वार्तामार्फत दुबैदेशसँग श्रम समझदारीको मस्यौदामा सहमति जुट्ने जनाएको छ ।
ओमानसँग दुई चरणमा श्रम समझदारीका लागि मस्यौदा आदानप्रदान भसकेको छ । पहिलो चरणमा ओमानले पठाएको मस्यौदामा नेपालले चाहेजस्ता विषय उल्लेख नभएकाले नेपाली टोली नै सोही देश पुगेर आफ्ना एजेन्डा स्पष्टसँग राखेको थियो ।
नेपालले श्रमिकको हक अधिकारलाई केन्ऽमा राखेर निःशुल्क भिसा प्रक्रिया तथा हवाई टिकट, राम्रो सेवा सुविधा, २४ घण्टे बिमा लगायतका मुद्दा समेटेर एमओयू गर्ने तयारी गरेको छ ।










प्रतिक्रिया दिनुहोस्