काठमाडौँ, १८ वैशाख । नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. मुकुन्द दाहालको निधन भएको छ ।
बुधबार बिहान २ बजे बिपी स्मृति अस्पताल बसुन्धरा, काठमाडौँमा उपाध्यक्ष दाहालको निधन भएको हो ।
ब्रेन एनोरिजमको समस्याबाट ग्रसित उनलाई ज्वरो आएपछि हिजो मात्रै बीपी स्मृति अस्पतालमा भर्ना गरिएको थियो । डा. दाहालको पार्थिक शरीरमा श्रद्धान्जलीका लागि बिहान ९ः३० बजेदेखि बिपी स्मृति अस्पताल बसुन्धरामा राखिएको छ ।
डा. दाहाल नेपाल चिकित्सक संघका उपाध्यक्ष एवं नेपाल सरकारको १० औं तहका वरिष्ठ अर्थोपेडिक सर्जनका रुपमा कार्यरत थिए ।
संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तीमा डा. दाहालको निधनले चिकित्सा पेसाका एक इमानदार, कर्मठ र लगनशील अर्थोपेडिक सर्जनलाई गुमाउन परेको उल्लेख गरिएको छ ।
संघले डा. दाहालको शोकमा १९ वैशाख एक दिन लागि आफ्नो केन्द्रीय कार्यालय तथा संघका सम्पूर्ण शाखा कार्यालयहरु बन्द गरिने जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्