समाचार

ट्रक र कार ठोक्किदा युवा संघ प्रदेश ५का अध्यक्षसहित तीन घाइते



अर्घाखाँची, १८ बैशाख । अर्घाखाँचीमा ट्रकले कारलाई ठक्कर दिँदा युवा संघ प्रदेश ५ का अध्यक्ष मनोहर बुढाथोकीसहित तीन जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्गको शितगंगा नगरपालिका–८मा नारायणघाटबाट घोराही आउँदै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रकले बा १९ च १३३ नम्बरको कारलाई ठक्कर दिँदा बुढाथोकीसहित नेकपा जिल्ला कार्यदल सदस्य शिबकुमार आचार्य, नेकपाका सदस्य लक्षमणकुमार शर्मा घाइते भएको प्रहरी पोष्ट सापमारा अर्घाखाँचीले जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।