काठमाडौँ, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले इतिहासकै सवैभन्दा बढी काम गरेको देखेर विरोधीको सातो उडेको बताउनुभएको छ ।
ज्वाइन्ट ट्रेड युनियन कोअर्डिनेशन सेन्टर (जेटियुसिसी)ले मजदुर दिवसका अवसरमा काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस अगाडीका सरकारले मजदुरका कल्पना समेत नगरेको काम यस सरकारले गरेको दावी गर्नुभयो । उहाँले मजदुरको हितको लागि अहिलेको सरकारले जति प्रेम कुनै सरकारले नदेखाएको दाबी गर्नुभएको हो ।
सरकारले बेरोजगार युवाहरूका लागि १०० दिनको कामको व्यवस्था गरेको स्मरण गराउँदै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहनु भएको उहाँले त्यो हुन नसके ५० दिनको भत्ता दिने ऐतिहासिक कामको पनि सुरुवात गरेको बताउनु भयो । प्रधानमन्त्री ओलीले कतिपयलाई केही पनि भएन भन्ने आदत लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘साच्चै केही नभएको हो र रु होइन । इतिहासमै कहिल्यै नभएको काम भएको छ ।’ उहाँले कमजोरी भए आलोचना गर्न पाइने तर जनताले कस्तो मान्छन् भन्ने ख्याल गर्न आग्रह समेत गुर्नभयो ।
प्रधानमन्त्री ओलीले राजपाका नेता राजेन्द्र महतोलाई भन्नुभयो, ‘राजेन्द्रजीलाई सीमामा नाकाबन्दी गरेर डिजेल पेट्रोल रोकेर नेपालको विकास हुन्छ रु भनेर सोध्न सक्थे तर, सोध्दिनँ ।’ उहाँले सरकारले राम्रो काम गर्न थालेपछि राजपाले समर्थन फिर्ता लिएको उहाँको दाबी छ ।










प्रतिक्रिया दिनुहोस्