काठमाडौंँ, २० बैशाख । सरकारले नापी हुन बाँकी जग्गाको सम्पूर्ण २ वर्षभित्र गर्ने घोषणा गरेको छ ।
सरकारका तर्फबाट संसदमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । हाल नेपालमा धेरै जमनको नापी भएको छैन । जसका कारण धेरै नागरिक भूमिविहीन बनेका छन् । सरकारले सुकुम्बासी समस्या समाधनका लागि भन्दै यस्तो कार्यक्रम ल्याएको हो ।
सरकारले सडकको किनारालाई खुला माटोरहित बनाउने भएको छ । सरकारका तर्फबाट संसदमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा सडकलाई धुलोरहित बनाउने भन्दै यस्तो घोषणा गरिएको हो ।
यस्तै सरकारले काठमाडौं उपत्यका छिर्ने सबै नाकामा सवारीलाई सफा गर्न स्वचालित सफाइ प्रणाली जडान गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । हाल काठमाडौंमा धुलो र हिलोको समस्या धेरै छ । धुलोलाई स्रोतबाटै नियन्त्रण गर्ने गरी सरकारले यस्तो घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्