Banner News

आगमी चार वर्षमा सम्पूर्ण स्थानीय तहलाई कालोपत्रे सडकले जोडिने



काठमाडौँ, २० बैशाख । सरकारका तर्फबाट आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले आगमी चार वर्षमा नेपालका सवै स्थानीय तहमा कालोपत्रे सडक जोडिने बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले गएको वर्ष तथ्य र तथ्यांकमा आधार रहेर ल्याइएको नीति कार्यक्रम अनुसार नै सरकार सञ्चालन भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभामा संयुक्त रुपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले सरकार थप सुदृढ र समुन्नत बन्दै गएको बताउनुभयो । अहिले सबै किसिमका तरलता समाप्त भइ शान्ति र स्थिरता कायम भएकाले भ्रष्टाचार, बेथिति अन्त्य हुँदै गएको पनि उहाँले बताउनुभयो ।

मौलिक हक तथा विभिन्न ऐन कानुनहरु निर्माण गरिएकाले संविधान कार्यान्वयन गराउने सवालमा सरकार सफल भएको पनि उहाँले बताउनुभयो । अहिलेको सरकारको प्रयासले नै पृथकतावाद र हिंसाको राजनीति अन्त्य भएको भन्दै देश समृद्धितर्फ अग्रसर भएको पनि उहाँले बताउनुभयो ।

आगामी वर्ष १००० किलोवाट विद्युत उत्पादन गरिने बताउनुयो । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो चीन भ्रमणबाट चीन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ ।

सरकारले राजमार्गहरुलाई विमानको आपतकालीन अवतरणका लागि धावनमार्गका रुपमा विकास गर्ने भएको छ । राजमार्गहरुलाई आपतकालीन धावनमार्गका रुपमा विकास गर्ने योजना नेपालमा पहिलो पटक आएको हो ।

पूर्व पश्चिम राजमार्गलाई ४ लेनको बनाउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई २४ घण्टा नै सञ्चालनमा ल्याउने योजना सरकारको छ । यस्तै सन् २०१९ भित्रै लुम्बिनिको निर्माणाधीन विमानस्थल सञ्चालनमा ल्याउने घोषणा पनि गरिएको छ ।