राजनीति

आगामी वर्षबाट भक्तपुरमा आधुनीक सुविधा सम्पन्न वीर अस्पतालको निर्माण कार्य शुरु गरिने



काठमाडौँ, २० बैशाख । आगामी वर्षदेखी भक्तपुरको चाँगुनारायणमा आधुनीक सुवधा सम्पन्न वीर अस्पतालको निर्माण कार्य शुरु हुने भएको छ ।

सरकारका तर्फबाट आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले उक्त कुरा बताउनुभएको हो । राष्ट्रपति भण्डारीले गएको वर्ष तथ्य र तथ्यांकमा आधार रहेर ल्याइएको नीति कार्यक्रम अनुसार नै सरकार सञ्चालन भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभामा संयुक्त रुपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले सरकार थप सुदृढ र समुन्नत बन्दै गएको बताउनुभयो । अहिले सबै किसिमका तरलता समाप्त भइ शान्ति र स्थिरता कायम भएकाले भ्रष्टाचार, बेथिति अन्त्य हुँदै गएको पनि उहाँले बताउनुभयो ।

मौलिक हक तथा विभिन्न ऐन कानुनहरु निर्माण गरिएकाले संविधान कार्यान्वयन गराउने सवालमा सरकार सफल भएको पनि उहाँले बताउनुभयो । अहिलेको सरकारको प्रयासले नै पृथकतावाद र हिंसाको राजनीति अन्त्य भएको भन्दै देश समृद्धितर्फ अग्रसर भएको पनि उहाँले बताउनुभयो ।

आगामी वर्ष १००० किलोवाट विद्युत उत्पादन गरिने बताउनुयो । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो चीन भ्रमणबाट चीन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले झोलुङ्गे पुल बोकेर सरकार खोलाखोलामा पुगेको बताउनुभयो ।

उहाँले जोखिमपूर्ण यात्रा गरी नदी तर्न बाध्य दार्चुलाबासीका लागि सरकारले झोलुंगे पुल लिएर गएको बताइन् । जनताको हरेक पीडामा सरकारले साथ दिएको बताउनुभयो ।

हावाहुरी पीडितलाई घर बनाउन सरकार बारा र पर्सा पुगेको भन्दै उहाँले भन्नुभयो, ‘जनताको हरेक सुखदुःखमा सरकार सधै छ ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका पछिल्ला कामकारबाहीले गर्दा हामी विकास गर्न सक्छौं भन्ने आत्मविश्वासि बढेको समेत दावी गर्नुभयो ।