काठमाडौँ, २० बैशाख । सरकारले आगामी २ बर्षभित्र सुरक्षित नोट छाप्ने आफ्नै प्रेस छापाखाना स्थापना गर्ने भएको छ ।
राहदानी, बैंक नोट, अन्तशुल्क स्टिकर, हुलाक टिकट, जग्गाधनी प्रमाणपुर्जा र सार्वजनिक महत्वका कागजातहरु सुरक्षण मुद्रण गरिनेछ ।
साइबर सुरक्षा प्रणाली सञ्चालनमा ल्याउने सरकारले जनाएको छ । त्यस्तै आमसञ्चार क्षेत्रलाई मर्यादित र व्यवसायीक बनाउन कानुनी र संस्थागत व्यवस्था सहितको नियामक निकाय स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्