काठमाडौँ, २१ बैशाख । भारतमा हुने लोकसभा निर्वाचनका लागि आज बेलुकी ६ बजेदेखि नेपाल-भारत सीमा नाका ४८ घण्टा बन्द हुने भएको छ ।
भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका आज बेलुकी ६ बजेदेखि यही वैशाख २३ गते बेलुकी ६ बजेसम्मका लागि बन्द हुनेछ ।
भारतको उत्तर प्रदेश राज्यको बहराइचमा हुने लोकसभा निर्वाचनका लागि नाका बन्द हुन लागेको हो । सीमा नाका बन्द हुँदा अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्स दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावत गर्नेबाहेक अन्य आवतजावत ठप्प हुने भएको छ ।










प्रतिक्रिया दिनुहोस्