विराटनगर, २१ बैशाख । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईइले प्रदेशको नाम र राजधानी तोक्न आफ्नो पार्टी तथा सरकारले दुई तिहाईको फुर्तिले नभई सहमति र सहकार्यको आधारमा हुने बताउनुभएको छ ।
शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक पनि सञ्चारर्कीसँग कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेशको नाम तथा राजधानीको विषयमा तिब्र असन्तुष्टि आएपछि तत्काल राजधानीको तोक्ने प्रस्ताव संसदमा पेस गर्ने सहमतिसहित टुंगिएको बताउनुभयो । मुख्यमन्त्री राईले संसदीय दलको बैठकबाट प्रस्ताव पास गरेर लैजाने बताउँदै भन्नुभयो, ‘अब पार्टी भित्र छलफल गर्नुपर्दैन । संसदीय दलको ३० मिनेट बैठक बसेर प्रस्ताव २२ गते पेस हुन्छ । राजधानीको विषय पार्टीको संसदीय दलको विषय मात्र होइन अन्य दलको पनि हो, प्रदेश सभाको विषय हो, हामीले एउटा धारणा बनायौं । हाम्रो धारणमा अन्य दलले सही छाप गर्छन भन्नै छैन ।’
नेकपाको बैठकले नाममा सहमति जुटाउन नसकेपछि बृहत विराट क्षेत्रलाई राजधानी घोषणा गर्ने प्रस्ताव संसदमा लैजाने सहमति गरेको छ ।










प्रतिक्रिया दिनुहोस्