राजनीति

सरकारको नीति तथा कार्यक्रम हात्ती आयो हात्ती आयो फुस्सा नहोस् : डा भट्टराई



काठमाडौँ, २१ बैशाख । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सुन्दर निबन्धको संज्ञा दिनुभएको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुतपछि ट्वीट गर्दै सरकारको नीति तथा कार्यक्रम सुन्दा निकै कर्णमधूर लागेको बताउनुभएको हो ।

उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘सरकारको नीति तथा कार्यक्रम सुन्दा निकै कर्णमधूर छ !राम्रो लेखकको निबन्ध जस्तो सलल बगेको छ ! बाँडिएका सपनाहरू सुन्दर छन् ! तर तिनलाई विपनामा परिणत गर्ने कार्यक्रम छैन वा फितलो छ ! निरन्तरताका कुरा छन् तर संरचनात्मक परिवर्तनका ठोस आधार छैनन्  ! त्यसैले सबै हात्ती आयो फुस्सा हुनसक्छ ! नहोस् !’