काठमाडौँ, २१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा पत्रकारहरुसँग मेरो सरकार भन्ने अर्थलाई बृहत र सामुहिक अर्थमा बुझ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले मेरो देश भन्छु । मैले मेरो देश भन्दा अरुको देश होइन भनेको हो र रु राष्ट्रपति देशको अभिभावक हो । राष्ट्रप्रमुख पनि हो । संस्था हो ।’
मेरो सरकार भन्ने अर्थलाई सञ्चारमाध्यम र बौद्धिक बर्गले फराकिलो ढंगबाट बुझ्नुपर्ने बताउनुभयो । उहाँले भन्नभुयो, ‘मैले व्यक्तिगत कुरा गरिराखेको छैन । राष्ट्रप्रमुखको हैसियतमा यो सरकार राष्ट्रपतिकै हो ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सरकारको नीति तथा कार्यक्रम पढ्दा पटक पटक मेरो सरकार भनेकोमा तीव्र आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले मेरो सरकार भन्ने अभ्यास अरु देशहरुमा पनि भएको बताउनुभयो ।
उहाँले यो अन्तर्राष्ट्रिय प्रचलन भएको समेत बताउनुभयो । यस्तो अन्तर्राष्ट्रिय अभ्यास बौद्धिक जगत तथा मिडियाले बुझ्नुपर्नेमा पनि जाेड दिनुभयाे, छिमेकी मुलुक भारकाे उदाहरण दिँदै भन्नुभयाे, ‘धेरै परको कुरा छाडौं । संसारभरीका कुरा पनि छाडौं । छिमेकी मुलुक भारतमा चलेको प्रचलन पनि हामीले थाहा नपाउँदा अचम्म लागेको छ । भारतमा अर्काे पार्टीको सरकार हुँदा पनि राष्ट्रपतिले ‘माइगभर्मेन्ट’ भन्ने चलन छ ।’
उहाँले हामी भर्खर राजतन्त्रात्मक शासन प्रणालीबाट गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेकाले बौद्धिक जगतलाई राजतन्त्रको झल्को लागे समेत बताउनुभयाे । उहाँले प्रश्न गर्नुभयाे, हाम्रो देशमा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा राजतन्त्रको झल्को आउने ? भारत पनि गणतन्त्रात्मक मुलुक हो । तर, हामी भर्खर राजतन्त्रात्मक शासन प्रणालीबाट गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेकाले बौद्धिक जगतलाई राजतन्त्रको झल्को लागेको हो ।’










प्रतिक्रिया दिनुहोस्