एजेन्सी, २१ बैशाख । भारतमा आएको शक्तिशाली आँधी ‘फानी’का कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
भारतको पूर्वी तटवर्ती राज्य उडिसामा प्रतिघण्टा २०० किलोमिटरको गतिमा शुक्रबार आएको आँधी र बर्षामा परी अरु १६० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् ।
बङ्गालको खाडीबाट शुरु भएको समुद्री आँधी शनिबार बिहान आठ बजे तटीय इलाकामा आइपुगेको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आँधीबाट प्रभावित भएकाहरुलाई राहतको घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्