काठमाडौँ, २२ बैशाख । आज राजनीतिशास्त्री कार्ल मार्क्सको जन्मजयन्ती विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैछ ।
सन् १८१८ को मे ५ मा पर्सियामा जन्मीनुभएका माक्र्सलाई आधुनिक विश्वका सबैभन्दा प्रभावशाली राजनितिक दार्शनिक मानिन्छ । सन् १८४५ मा २९ वर्षको उमेरमै मार्क्सले फ्रेडेरिक एङ्गेल्ससँग मिलेर कम्युनिष्ट पार्टीको घोषणापत्र लेख्नुभएको थियो ।
यो घोषणापत्र संसारमा सबैभन्दा बढी पढिएको र प्रयोगमा ल्याइएको दस्तावेज मानिन्छ । घोषणापत्रले पुँजीवादी विश्व समाज कसरी परिवर्तन हुन्छ र शोषणरहित र पूर्ण रूपमा मुक्त समाजको निर्माण कसरी सम्भव छ भन्ने व्याख्या गरेको छ ।
पछिल्ला दिनमा विश्वमा देखिएका पुँजीवादी स्वरूपहरू र वर्ग विभाजनको अवस्थालाई हेर्दा मार्क्सको घोषणापत्र झनै आवश्यक र व्यावहारिक रहेको मार्क्सका अनुयायीहरुको दावी छ । नेपालमा पनि कम्युनिष्ट पार्टीहरुले आइतबार मार्क्सको जन्मजयन्ती मनाउँदैछन् ।










प्रतिक्रिया दिनुहोस्