काठमाडौँ, २२ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा)ले मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानविन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकमा राजपा सांसद लक्ष्मणलाल कर्णले प्रतिवेदन सार्वजनिक गर्न सभामुखले गरेको रुलिङ कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका छन ।
उनले भने, ‘संविधान संशोधनको कुरा पटक(पटक उठाइराखेका छौं । लिखित र मौखिकअनुसार गरिरहेका छौं । मधेस तथा थरुहट आन्दोलनका क्रममा लागेका मुद्दा अहिले पनि फिर्ता भएन । सरकारका कारण निर्दोष व्यक्ति जेलमा छन्,’ ‘लाल आयोगको प्रतिवेदन जनसमक्ष आउनुपर्यो ।’ ‘म फेरि आज सम्झाउन चाहन्छु, संसदको मर्यादा राख्नुपर्यो ।’










प्रतिक्रिया दिनुहोस्