Banner News

पार्टी एकताको बाँकी काम टुङ्याउन नेकपा सचिवालय बैठक बस्दै



काठमाडौँ, २३ बैशाख । पार्टी एकताको बाँकी काम टुंगो लगाउन नेकपाले सचिवालय बैठक बस्दै छ ।

तीन दिन भित्र बाँकी काम टुंगो लगाउने तयारीका साथ बैठक बोलाइएको जनाएको छ । यस अघि  सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीको घोषणा भईसकेको छ ।

पोलिटव्युरो कमिटी, बिभाग, प्रवास, केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड, जनवर्गीय संगठन सहित स्थानीय तहको एकता अझै टुंगो लाग्न बाँकी छ ।