समाचार

आज इडिभीको रिजल्ट आउँदै



काठमाडौँ, २४ बैशाख । अमेरिकी डाइर्भसिटी भिसा EDV2020 को नतिजा मंगलबार सार्वजनिक हुँदैछ ।

गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुलेको थियो । इडिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् ।

सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी दुतावासले जनाएको छ । अमेरिकी सरकारको इडिभी शाखाले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।

नतिजा https://www.dvlottery.state.gov मा गएर हेर्न सकिन्छ ।