अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २५ बैशाख । आज बुधबार सुनचाँदीको मूल्य बढेको रहेको छ ।

आज सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी तोलमा ५ रुपैयाँले बढेर प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।