काठमाडौँ, २६ बैशाख । चार सय ३३ स्थानीय तहले रिक्त पदपूर्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा माग बमोजिम विवरण बुझाएका छन् ।
७ सय ५३ मध्ये अहिलेसम्म ४ सय ३३ स्थानीय तहले मात्र विवरण पठाएको मन्त्रालयले जनाएको छ । अझै ३ सय २० स्थानीय तहले रिक्त दरबन्दीको विवरण बुझाएका छैनन् । दरबन्दी विवरण नबुझाउने स्थानीय तहलाई ताकेता गरेको मन्त्रालयले जानकारी दिएको छ ।
विवरण बुझाउने स्थानीय तहले करीब १० हजार कर्मचारीको रिक्त दरबन्दी रहेको माग गरेका छन् । सङ्कलन गरिएको विवरणलाई मन्त्रालयले विज्ञापन गर्न लोकसेवा आयोगलाई पठाउने तयारी थालेको छ ।
स्थानीय तहमा ६६ हजार ९ सय ८ दरबन्दीमध्ये ५० हजार ७ सय ९० कर्मचारी समायोजन गरे पनि अझै १६ हजार १ सय १८ कर्मचारी अपुग छन् ।










प्रतिक्रिया दिनुहोस्