समाचार

अभद्र व्यवहार गर्ने महिला पक्राउ



सुर्खेत, २६ वैशाख । बराहताल गाउँपालिका–७ सुर्खेत करङ्गेगाउँ निवासी ४६ वर्षीय भवीसरा दङ्गालीलाई अभद्र तथा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

वैशाख २४ गते करङ्गेगाउँकै ६० वर्षीय तेजबहादुर खत्रीलाई टपरीमा लुकाइछिपाइ ल्याएको दिसा मुखमा कोच्याएको सूचना प्रहरीमा प्राप्त भएपछि दङ्गालीलाई बुधबार पक्राउ गरेको हो ।

दङ्गालीले सोही गाउँपालिका–७ बर्राचौरस्थित कल्याण काँधदेखि नयाँ वन जोड्ने कच्ची सडक खन्दै गरेको अवस्थामा दिसा मुखमा कोचेकी थिइन् ।