समाचार

रेडियोकर्मी सुरज श्रेष्ठको ४५ वर्षको उमेरमा निधन



काठमाडौँ, २८ बैशाख । रेडियोकर्मी सुरज श्रेष्ठको ४५ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित श्रेष्ठको गएराति ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

धरान घर भएका उनी इमेज एफ.एम.मा कार्यरतथिए साथै पूर्वबाट प्रकाशित हुने ब्लास्ट टाइम्समा समेत काम गरेका थिए । संवत २०५६ सालमा उहाँ इमेज एफएमको स्टेशन म्यानेजर समेत रहेका उनी ‘नयाँ परिवर्तन साप्ताहिक’ को सम्पादक हुँदै नेपाली पत्रकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका थिए ।