समाचार

डीआईजी पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौँ, २९ बैशाख । हालै डीआईजीमा बढुवा भएका प्रहरी नायव महानिरीक्ष (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।

गृह मन्त्रालयको वैशाख २७ गतेको निर्णयले पोखरेल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डीआईजी पदमा पदोन्नति उनलाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम गरि महानिरीक्षक खनालले दर्ज्यानी चिन्ह प्रधान गरेका हुन ।

यस्तै पदोन्नति भएका प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा. रामकृष्ण राजभण्डारी र डा. बिजयराम श्रेष्ठलाई पनि खनालले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।

सो अवसरमा सम्बोधन गर्दै खनालले संगठनलाई इतिहासकै नमूना संगठन बनाउन उच्च आकांक्षा, दृढ विश्‍वास, पूर्ण निष्ठा र नयाँ उर्जाका साथ आ-आफ्नो ठाउँबाट अगाडि बढ्न निर्देशन  दिएका छन ।