बुटवल, ३० बैशाख । सरकारी लापरवाहीका कारण निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम रोकिएको छ ।
ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले आयोजनाको मुख्य मानिएको धावनमार्ग निर्माणको काम आइबतारबाट रोकिएको हो । भइसकेको कामको पनि भुक्तानी नपाएको भन्दै काम रोकेको हो । नगद प्रवाह नहुँदा नदीजन्य गिट्टी बालुवाको आपूर्तिमा पनि आयोजनाले समस्या भोगेको छ ।
ठेकदारलाई नेपाल नागरिक उड्डयन प्राधिरकणबाट दिनुपर्ने भुक्तानी भने समयमै दिइएको छ । एडीबी मार्फत गर्नुपर्ने करिब १० करोडभन्दा बढी भुक्तानी भने रोकिएको छ । हालसम्म आयोजनाको धावनामार्गको अन्तिम चरणको कालोपत्रे हुँदैछ । अब ५ सय मिटर मात्रै बाँकी रहँदा निर्माण नै रोकिएको छ ।










प्रतिक्रिया दिनुहोस्