झापा, ३० बैशाख । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षा क्षेत्रमा देखिएको हुँदा खाने र हुने खानेबीचको शिक्षको खाडल अन्त्य गर्दै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्नुपर्ने बताउनुभएको छ ।
आइतबार विर्तामोड–५ मा महेन्द्ररत्न माविको नमूना विद्यालयको शिलान्यास गर्दै मन्त्री पोखरेलले उहाँले सामुदायिक विद्यालयको रुपान्तरणको दशक शुरु भएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सरकार लागि परेको स्पष्ट पार्नुभयो । शिक्षामा छलफल, सुधार र क्रान्तिको आवश्यकता औंल्याउँदै मन्त्री पोखरेलले भन्नुभयो, ‘नमूना विद्यालयको मूल उद्देश्यलाई आत्मसात गर्न जरुरी छ । सार्वजनिक शिक्षाले वर्गको अन्त्य गर्नुपर्छ ।’
देश कता जाने त्यसको फैसला सार्वजनिक शिक्षाले गर्ने बताएका मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई आशा र भरोसाको केन्द्र बनाउन नमूना विद्यालयको अवधारणा अघि सारिएको बताउँदै मन्त्री पोखरेलले शिक्षण सिकाइले नमूना हुनुपर्यो शिक्षालाई पैसा कमाउने उद्योगका रुपमा बुझ्ने गलत चिन्तन अन्त्य हुनुपर्ने बताउनुभयो ।
अङ्ग्रेजी पढ्न जानेका भरमा सबै युवा युरोप र अमेरिका पुगेका छन् त्यस्तो परम्पराको अन्त्य हुनुपर्छ मन्त्री पोखरेलले भन्नुभयो, ‘अङ्ग्रेजी पढाउने लोभमा विद्यार्थीलाई बिगार्ने काम भएको छ सबै विद्यालयमा नेपाली विषय पनि पढाइ हुनुपर्छ । अङ्ग्रेजी जानेका भनिएका सबै युवा विदेश जाने र उतै पलायन हुने हो भने देश कसरी समृद्धिको बाटोमा जान्छ’ उहाँले प्रतिप्रश्न गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्