काठमाडौँ, ३० बैशाख । आज देशभरि आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण मेघगर्जन र हावाहुरीसहित पानी पर्ने एवं बेलुका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । सामान्य हिमपात पर्ने भए पनि आरोहणमा जानेहरुले भने सावधानी अपनाउनुपर्ने मौसमविद्हरुले जनाएका छन् ।
महाशाखाका अनुसार रातिको समयमा देशभरि आंशिकदेखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्