काठमाडौँ, ३० बैशाख । काठमाडौँमा प्रदर्शनकारीको सिक्री प्रहरीले चोरेको आरोप लागेको छ ।
बौद्ध-जोरपाटी सडकखण्डको मर्मत सम्भार गर्न माग गर्दै भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीको सिक्री प्रहरीले चोरेको आरोप लागेको हो ।
उक्त घटनामा मुछिएका प्रहरी जवान अमिर श्रेष्ठलाई महानगरीय प्रहरी परिसर, टेकुले निलम्बन गरेर छानविन थालिएको जनाएको छ ।
स्रोतका अनुसार श्रेष्ठले बयानका क्रममा प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदा आफूसँगै सिक्री आएको बताउदै उनले भने, ‘झरेको अवस्थामा फेला परेको थियो । फर्किएर जाँदा सम्बन्धित धनी भेटिएनन् ।’ ‘त्यसपछि सिक्री मसँगै थियो ।’










प्रतिक्रिया दिनुहोस्