राजनीति

उत्तेजित नहुन कार्यकर्तालाई समाजवादी पार्टीको निर्देशन



काठमाडौँ, ३१ बैशाख । समाजवादी पार्टी, नेपालले टेलिभिजनमा दिएको अन्तरवार्ताको क्रममा अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई गरिएको अपमानित व्यवहालाई लिएर उत्तेजित नहुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।

आइतबार राति एक राष्ट्रिय टेलिभिजनबाट राति ९.०० बजे प्रसारण हुने लाइभ अन्तर्वार्ताका पत्रकारले आचारसंहिताविपरीत प्रश्न सोधेको र अभद्र व्यवहार गरेको पार्टीका उपमहासचिव प्रकाश अधिकारीद्वारा सार्वजनिक विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा अध्यक्ष यादवसहित समाजवादी पार्टी, नेपालले प्रेस स्वतन्त्रता र मर्यादालाई सधैँ सम्मान गर्दै आएको बताउँदै आइतबार राति एक राष्ट्रिय टेलिभिजनको कार्यालयमा भएको दुःखद घटनालाई लिएर उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगरी संयमित रहन पार्टी पंक्ति एवं कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ ।