काठमाडौँ, ३१ बैशाख । सरकारले गुणस्तरहीन औषधि बिक्री वितरण गर्ने औषधि पसलहरुलाई कडा कारबाही गर्ने भएको छ ।
मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहीन औषधि विक्री वितरण गर्ने औषधि पसलहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएका हुन ।
चिस्यानमा नराखिएको औषधि बिक्री वितरणमा पनि प्रतिबन्ध लगाउने बताउदै उपप्रधानमन्त्री यादवले चिकित्सकहरुको ‘प्रेसक्रिप्सन’ बिना औषधि बिक्री वितरण गर्न नपाउने गरी सबै औषधि पसलहरुमा सरकारले कडा निगरानी राख्ने योजनारहेको बताएका छन ।
सरकारले सिधै कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी रहेको पनि बताउदै उनले सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महंगो पर्न जाने भएकाले त्यसलाई रोकेर सरकार आफैले सिधै कम्पनीबाट औषधि खरिद गर्ने तयारी भैरहेको समेत बताएका छन ।










प्रतिक्रिया दिनुहोस्