काठमाडौँ, १ जेठ । मादक पदार्थ सेवन (मापसे) का साथै लागुपदार्थ सेवन(लापसे) गरेर सवारी चलाए नचलाएको जाँच गर्न प्रदेश २ प्रहरीले सुरु गरेको छ ।
प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख एसपी योगबहादुरका अनुसार मादक पदार्थसँगै लागुऔषध प्रयोग गरेर पनि सवारी चलाउने क्रम बढेपछि उक्त अभियान सुरु गरिएको जनाएको छ ।
हाल बारा र सप्तरीका केही सवारी चालकमा लागुपदार्थ प्रयोग गरे/नगरेको जाँच गरिएको छ । उनका अनुसार लापसे जाँच अभियान केही दिनभित्रै प्रदेशका आठ वटै जिल्लामा विस्तार गरिने जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्