काठमाडौँ, १ जेठ । कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान बनाएका छन ।
सोलुखुम्बुको थामे गाउँमा जन्मेका उनी आज बुधबार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा २३ औँ पटक पुग्न सफल भएका हुन ।
कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गरेका छन ।
२३औँ पटक सगरमाथा आरोहणको तयारीमा जुटेका कामिरिता शेर्पा भन्छन, ‘अझै ४–५ पटक सगरमाथा चढ्ने मेरो योजना छ, हेरौं के हुन्छ !’










प्रतिक्रिया दिनुहोस्