काठमाडौँ, २ जेठ । अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा ७८ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।
विशेष अदालतमा बुधबार भएको थुनछेक बहसमा पाठकसँग ७८ लाख रुपैयाँ धरौटी माग गरेको हो । पाठकको मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा बयान चलेको थियो ।
पाठकसँगै घुस प्रकरणमा प्रतिवादी बनाइएका लम्बोदर न्यौपाने भने फरार छन् । कलेजको मुद्धा मिलाउन भन्दै घुस रकम लिएको भिडियो बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त पाठकविरुद्ध चैत १२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
नेपाल इन्जिनियरिङ कलेजको मुद्दा मिलाइदिने भन्दै अख्तियार दुरुपयोग अनुसन्धानका पूर्वआयुक्त पाठकले उक्त रकम घुस लिएको समाचार सार्वजनिक भएको थियो ।










प्रतिक्रिया दिनुहोस्