समाचार

सिसा मिसावट खाना : ८ जना विरामी



पाँचथर, २ जेठ । पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिकामा सिसा मिसावट खाना खाएर आठ जना बिमारी भएका छन् ।

वडा दुइ आरुबोटे लक्ष्मी लिम्बु र मनीसा नेपालीको अवस्था गम्भीर रहेको छ । त्यसैगरि जस्मीना सेर्मा, सोना कुरुम्बाङ, मुना सेर्मा, मेनुका दास, युहाना सेर्मा र मन कुमारी लिम्बु बिमारी भएका हुन । उनीहरुको पाँचथर जिल्ला अस्पताल र मसर्पित हस्पीटलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उनीहरुले बिहिबार खाएका थिए । आजमात्र त्यसको असर देखापरेपछि उपचारकालागि उनीहरुलाई सदरमुका फिदिम बजारमा ल्याइएको छ ।