काठमाडौँ, २ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समय बीमा कम्पनीहरुको संख्यात्मक वृद्धि भएपनि गुणात्मक वृद्धि हुन नसकेको जिकिर गर्दै डा। खतिवडाले अब कम्पनीहरुले दीर्घकालीन योजनासहित टिक्नेगरी अघि बढ्नु पर्ने बताउनुभयो ।
राजधानीमा आयोजित बिमा संस्थानको ५१ औँ वार्षिकोत्सवका अवसरमा मन्त्री डा. खतिवडाले जोखिम न्यूनीकरणका लागि जीवन तथा निर्जीवन बीमा गर्ने कम्पनीहरु आफैं असुरक्षित हुने गरेको बताउँदै भन्नुभयो, ‘आजभोलि बैंक तथा वित्तीय संस्थानहरु जस्तै बीमा कम्पनीहरुको दायरा समेत फराकिलो हुँदै गएको छ । अब बीमा कम्पनीको नियामक निकाय बीमा समिति सक्रिय हुनुपर्छ’ उनले भने, ‘बजारमा व्यापक अस्वस्थ प्रतिस्पर्धा छ । कमाउनकै लागि बिमा कम्पनीहरु आफ्नो सीमा नाघेर काम गरिरहेका छन् । चाहिने भन्दा बढी स्किमहरु विज्ञापन गरिरहेका छन् । यसले सेवाग्राही प्रताडित छन् ।’
उहाँले आफूलाई केके र कुनकुन खालको जोखिमको सुरक्षण चाहिएको अब बिमित पनि स्पष्ट हुनुपर्ने अतिवडाले बताउनुभयो । उहाँले खुल्ला बजार र खुल्ला अर्थतन्त्रकै कारण नीजि कम्पनीहरुले सहजै लाईसेन्स पाएको तर कारोबार भने प्रभावकारी रुपमा गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बीमा कम्पनीमा न्यूनतम चुक्तापुँजी सिलिङ्गको व्यवस्था गर्दा कम्पनी र सेवाग्राही दुबै सुरक्षित हुन्छन् । यसले कम्पनीमा पुँजी अभाव हुन दिँदैन भने सेवा ग्राहीको बीमा दाबी समेत समयमानै सम्वोधन हुन्छ । अब चुक्तापुँजी नपुगेका कम्पनीहरुले पुँजी विस्तारमा लाग्नुपर्छ । त्यसका लागि मर्जरको प्रक्रिया समेत खुल्ला रहेको छ ।’










प्रतिक्रिया दिनुहोस्