समाचार

लागू औषधसहित मेडिकल सञ्चालक पक्राउ



धरान, ३ जेठ । धरानबाट लागू औषध बिक्री गर्ने मेडिकल सञ्चालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यलय धरानले विहीबार सार्वजनिक गरि धरान २ स्थित दीपक मेडिकलका सञ्चाक दीपक शाह र लागू औषध खरिदकर्तालाई रंगेहात नियन्त्रण लिईएको जनाएको छ ।

प्रहरीले बुधबार साँझ शाहले सञ्चालन गरेको मेडिकलमा छापा मारेर औषधि खरिद गर्दै गरेका धरान ८ का दीपक लिम्बूलाई समेत पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीले सञ्चालक शाह तथा खरिदकर्ता लिम्बूसंगै लागू औाषध टेपल ५० २ सय ४६ क्याप्सुल, स्पास्पाइन ३ सय ९२ क्याप्सुल , प्रिगाबालिन ३३ क्याप्सुल समेत बरामद गरेको छ ।

पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।