लमजुङ, ३ जेठ । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकविरुद्ध लमजुङका पत्रकार आन्दोलनमा उत्रिएका छन् ।
पत्रकारहरुले आज सदरमुकामस्थित भिमसेनस्थान चोकमा आफ्नो ल्यापटप, क्यामेरा, भ्वाइस रेकर्डर लगायतका सञ्चार सामाग्री ‘डाउन’ गर्दै सरकारी कदमविरुद्ध सडकमा उत्रिएका हुन् ।
प्रेस स्वतन्त्रतालाई साँघुरो बनाउने गरी सरकारले कानुन बनाउन लागेको भन्दै सरकारको कदमका विरुद्ध देशभरका पत्रकारले सुरु गरेको आन्दोलनमा लमजुङका पत्रकारले पनि ऐक्यवद्धता जनाएका हुन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवीनराज कुइँकेलले समाचार लेखेकै भरमा पत्रकारले लाखौं रुपैयाँ जरिवाना तिर्नुपर्ने र जेल जानुपर्ने कानुन बनाउन खोजिनु दुखद् भएको तर्क गर्नुभयो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने आफ्ना माग सम्बोधन नभएकाले आफूहरु थप आन्दोलित हुनुपरेको लमजुङ शाखाका अध्यक्ष आश गुरुङले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्