समाचार

दक्षिणकाली नगरपालिकाको दोस्रो हप्ताको सफाइ अभियानमा १५ टन फोहोर सङ्कलन



काठमाडौं, ४ जेठ । दक्षिणकाली नगरपालिकाले साप्ताहिकरूपमा नगरपालिका सरफाइ गर्ने अभियान सञ्चालन गर्ने घोषणा गरेसँगै शुक्रवार दोस्रो दिनको कार्यक्रममा १५ टन फोहोर सङ्कलन गरी व्यवस्थापन गरिएको छ ।

२०७६ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष पुगेको उपलक्षयमा शुरू गरिएको सरसफाइ अभियानमा शुक्रवार दोस्रो चरणको सरसफाइ अभियानमा १५ टन फोहोर संकलन भएको हो । ‘स्वच्छ सुन्दर फोहोर रहित हराभरा हाम्रो दक्षिणकाली नगरपालिका’ भन्ने नाराका साथ शुरू भएको सरसफाइ अभियनमा १५ टन फोहोर संकलन गरी व्यवस्थापन गरिएको छ ।

शुक्रवार नगरपालिकाको वडा नं. १ खहरेदेखि चाल्नाखेलसम्मको मूल सडक सरसफाइ गरिएको नगरपालिकाका प्रमुख मोहन बस्नेतले जानकारी दिनुभयो ।

सरसफाइ अभियानमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, कर्मचारी, बुद्धिजिवी, उद्योगी, पेशा व्यवसायी नागरिक समाजका अगुवा लगायतको सहभागीता रहेको थियो । प्रत्येक हप्ता शुक्रवार सरफाई गर्ने अभियान अन्तर्गत आगामी शुक्रवार जेठ १० गते वडा नं. ३ र ४ मा आआफ्नो संघसंस्थाको ब्यानर सहित उपस्थि हुन आजै सबैमा आग्रह गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत घनश्याम न्यौपानेले बताउनुभयो । स्थानीय जुट्दा नगरपालिका सफाइ गर्न सकिन्छ भन्ने उदाहरण दक्षिणकाली नगरपालिकाले शुरुवात गरेको छ ।