समाचार

नयाँबानेश्वरमा लागुऔषध विरुद्धको र्याली



काठमाडौँ, ५ जेठ । समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी बृत्त नयाँबानेश्वर, सामुदायीक प्रहरी सेवा केन्द्र बानेश्वर १० र छक्कुबक्कु भगवती मन्दिर संरक्षण समिति नयाँबानेश्वरको सयुंक्त आयोजनामा शनिबार नयाँबानेश्वरमा लागुऔषध बिरुद्धको सचेतनामुलक र्याली आयोजना गरियो ।

लागुऔषध बिरुद्धका सचेतनामुलक नारा तथा प्लेकार्ड सहितको उक्त र्याली नयाँबानेश्वर १० छक्कुबक्कु मन्दिर अगाडी भेला भई पिपलबोट, थापागाँउ, बिजुलीबजार, एभरेष्ट होटल पछाडी हुँदै फेरी छक्कुबक्कु मन्दिर प्रंगणमा आएर समापन समापन भएको थियो ।

नयाँबानेश्वर वृृत्तका प्रमुख, प्रहरी नायब उपरिक्षक गोबिन्दराज काफ्लेको सहभागितामा आयोजित सो र्यालीमा काठमाडौं महानगरपालिका वडा नं.१० का सदस्य नरोज अर्याल, छक्कुबक्कु भगवती मन्दिर संरक्षण समितिका अध्यक्ष मोहन बहादुर थापामगर लगायत पदाधिकारीहरु, सामुदायिक सेवा समितिका पदाधिकारीहरु, सामुदायिक प्रहरीहरु, लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिका पदाधिकारीहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानिय बासीन्दा, समाजसेवीहरुको सहभागिता रहेको सामुदायीक प्रहरी सेवा केन्द्र बानेश्वर १० ले जनाएको छ ।