पाँचथर, ७ जेठ । पाँचथरमा मन्तव्य राख्ने क्रममा एक शिक्षकको निधन भएको छ ।
सोमबार फिदिम नगरपालिका–१४, स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको मन्तव्य राख्ने क्रममा मृत्यु भएको हो ।
विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाइ तथा नवनियुक्त शिक्षक फागोकै स्वागतका लागि आयोजित कार्यक्रममा मन्तव्य राख्नेबित्तिकै बेहोस भएर ढल्न पुगेको उनको मृत्यु भएको जनाएको छ ।
फिदिम–११, मूलडाँडा स्थायी घर भएका ३५ वर्षीय शिक्षक फागोको मृत्युपछि उनको शवलाई पोस्टमर्टमका लागि सरदरमुकाम फिदिमतर्फ ल्याइँदै गरेको फिदिम–८, तमाखेस्थित प्रहरी चौकीले जनाएको छ ।
शिक्षक फागोलाई केही दिनअघि मात्र करारमा नियुक्त गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्