काठमाडौँ, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले ब्यंग्य गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बनाएको छाँया र दायाँ सरकारलाई रचनात्मक भूमीका निर्वाह गर्न आग्रह गर्दै उक्त सरकार २०–३० वर्षसम्म चलोस् भनि शुभकामना दिनुभएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले सत्ता स्वादबाहिर बस्ने नसक्ने कांग्रेसले छाया सरकार गठन गरेको भन्ने कुरा आफूलाई त्यस्तो नलागेको बताउनुभयो । उहाँले कांग्रेसले सरकारसँग संवाद र सहकार्य गर्नका लागि नै छाया सरकार गठन गरेको होला भन्ने आफूलाई लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संवाद र सहकार्यको लागि गठन गरेको होला । संवाद र सहकार्य अगाडि बढाओस् । रचनात्मक प्रतिपक्ष भूमिका र आलोचनात्मक समर्थन गरेर अगाडि बढोस्, ४८ सदस्यीय मन्त्रिमण्डल गठन भएको रहेछ । कार्यकाल २०-३० वर्ष रहोस्, शुभकामना !’
कांग्रेसले सम्वाद् र सहकार्यको लागि उक्त छायाँ सरकार बनाएको हुन सक्ने भन्दै उहाँले रचनात्मक भूमीकाका साथमा आलोचनात्मक समर्थनका साथमा देशको विकास र समृद्धिमा हातेमालो गरी अघि बढ्न आग्रह समेत गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्